Incident Reports

साइबरबाट यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

2018-05-23

Lumbini, Rupandehi, Sainamaina, Ward 6

१७ वर्षीया बालिकालाई अश्लिल तस्बिर सहित साइबरबाट यौनजन्य फोटो सहित ‘ब्ल्याकमेल’ गरेको आरोपमा प्रहरीले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-५ घर भई हाल रुपन्देही जिल्ला सैनामैना नपा-६ बस्ने २१ वर्षीय गणेश ढकाललाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते त्यस्ता तस्विरसहित भिडियो पठाएको भन्दै पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई साइबर क्राइम अन्तर्गत कारबाही चलाउनुपर्ने भएकाले जेठ १० गते काठमाडौँस्थित महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम घिमिरेले जानकारी दिए ।

0 Comments