Incident Reports

बालिका बलात्कार प्रयासको आरोपमा मुद्दा दर्ता l

2013-09-11

Naresh Bhandari चार वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वाग्ला गाविस-९ थाप्लेचौरका १६ वर्षीय किशोरविरुद्ध भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । पीडितकी आमा घाँस काट्न गएको समयमा बालिकालाई ललाई फकाई घरको कर्सामा लगी भदौ २३ गते बलात्कार गर्ने प्रयास गरेको जाहेरीमा उल्लेख छ । बालिका चिच्याएपछि हेर्न जाँदा बलात्कार प्रयास गर्न लागेको र आफूलाई देखेर भागेको पीडितकी आमाले भनिन् । आरोपितलाई प्रहरीले भदौ २५ गते घरबाटै पक्राउ गरी हिरासतमा राखेको छ । आरोपितले अभियोग स्वीकार गरीसकेको डिएसपी राजकुमार लम्सालले बताए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis