Incident Reports

बम विस्फोटबाट दुई जना घाइते l

2013-09-10

Karnali, Humla, Chankheli

Bhim Singh Nepali सशस्त्र द्वन्द्वको समयमा छाडिएको सकेट बम विस्फोट हुँदा गोठी गाविस-१ कल्लासाका ३६ वर्षीय लालविर रोकाया र उनका तीन वर्षीय छोरा लव रोकाया घाइते भएका छन् । भदौ २५ गते बिहान घरको कुनामा रहेको बमलाई लालविरले चलाउन खोज्दा विस्फोट भएको हो । घटनापछि सर्केगाढ प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा घरभित्र छोडिएको बम चलाउन खोज्दा विस्फोट भएको जानकारी प्रहरीले दिएको छ । थप बम हुन सक्ने आशंकामा उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विस्फोटबाट लालविरको दाहिने आँखा गुमेको निमित्त प्रमुख जिल्ला अधिकारी बमबहादुर केसीले बताए । उनले यस्ता संकाष्पद बस्तु देखेमा प्रहरीलाई खबर गर्न स्थानीयवासीलाई आग्रह गरेका छन् । घाइतेहरूको हाल मेल्छाम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनलाई उपचारका लागि सुविधायुक्त अस्पतालमा लैजान पहल भइरहेको पीडित पक्षले जानकारी दिएका छन् । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन माओवादीले रोकायाको घरमा एरिया पार्टी कार्यालय स्थापना गरेको तथा विस्फोटक पदार्थ भण्डारका लागि प्रयोग गर्ने गरेको स्थानीयबासीले बताएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो समयसम्म घरभित्र बम वेवारिसे अवस्थामा रहेकोले अनुसन्धान आवश्यक रहेको जानकारी दिए । मिमसिंह नेपाली

0 Comments

Related Reports
Related Trend Analysis