Incident Reports

काष्ठ मिलमा बम विष्फोट

2018-05-27

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 4

कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारस्थित सब्जीमण्डी नजिकै रहेको विकास काष्ठ मिलमा अज्ञात समूहले बम विष्फोट गराएको छ । आइतबार बिहान करिब ४ बजेको समयमा उक्त मिलमा प्रेसर कुकर बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । बम विष्फोटले मिलको केही भाग चर्किएको छ । विष्फोट भएको ठाउँमा दुई फिट गोलाइको प्वाल परेको छ । ठूलो क्षति भने नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । नगर विकास समितिको जमिन लिजमा लिएर बनाइएको उक्त काष्ठ मिलमा कसले र किन बम विष्फोट गरायो भन्ने खुलेको छैन् । उक्त मिलमा नगर विकास समितिका पूर्व अध्यक्ष गोपाल रसाइलीको स्वामित्व रहेको छ । ‘कम शक्तिशाली भएको बम विष्फोट गराइएको छ’ कञ्चनपुरका एसपी डिल्लीराज विष्टले भने,‘ घटनाकाबारेमा अनुसन्धान भइरहेको छ’ । उनले कुनै व्यक्ति वा समूहले गरेको भन्ने नखुलेको जानकारी दिए । मिल सञ्चालक गोपाल रसाइलीले कसैसँग कुनै रिसिईबी नरहेको र कसले किन गराएको थाहा नभएको बताए । रसाइली नेकपाका नेता हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur , Local Newspaper - Chitwan

0 Comments