Incident Reports

हत्या गरिएको अवस्थामा अपरिचित युवतीको शव फेला

2018-05-24

Bagmati, Sindhuli, Golanjor, Ward 7

जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । जेठ ११ गते दिउँसो पहिचान नखुलेकी एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यान्ह १२ बजेतिर प्रहरीलाई नदीको किनारमा चोटसहितको शव भएको खबर आएपछि इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थलतर्फ गएको थियो । मृतक युवतीको टाउकोमा चोट लागेको र घटनास्थलमा रगत बगेको, नजिकैको ढुङ्गामा रगत लागेको पाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष श्रेष्ठले बताए । उनले घटनाको प्रकृति हेर्दा ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको देखिन आएको बताए । प्रहरीका अनुसार युवतीको उमेर १८-१९ वर्षको जस्तो देखिए पनि उनको कुनै पनि पहिचान खुल्न सकेको छैन । प्रहरीले उक्त शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याएको जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ५ सय मिटरको दुरीमा रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments