Incident Reports

कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्घ प्रहरीमा उजुरी

2018-05-26

Province 1, Okhaldhunga, Champadevi, Ward 10

चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले कथित बोक्सीको आरोप लगाएपछि न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । चम्पादेवी गाउँपालिका-१० को वडा कार्यालयमा उजुरी दिएपछि वैशाख २० गते प्रहरीसहितको छलफलमा समेत आरोपितले ‘बोक्सी हो, जे कारबाही हुन्छ भोग्छु’ भनेर गालीगलौज गरेपछि प्रहरीमा उजुरी दिएको पीडित महिलाको भनाई छ । ‘दाजुभाइबाटै बोक्सीको आरोप लगाएर मानसिक यातना दिएकाले न्याय खोज्दै प्रहरीमा उजुरी दिनुपरेको हो ।’-पीडितले भनिन् । वडाध्यक्ष उज्जन बुढाथोकीले दुवै पक्षसँग छलफल गरेको बताए । उनले आरोपितले आरोप लगाएको अस्वीकार गरे पनि पीडितले आफूले न्याय पाउनुपर्ने बताएपछि प्रहरीमा जान सुझाव दिएको जानकारी दिए । पीडितको उजुरीबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मनोज यादवले उजुरी आएकाले कार्यालय प्रमुखलाई जानकारी गराई अध्ययन गरेर दर्ता प्रकृया अघि बढाइने बताए । ओखलढुङ्गामा चालु आर्थिक वर्षमा कथित बोक्सीको आरोप लगाएका उजुरी प्रहरीमा दुई वटा दर्ता भएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis