Incident Reports

शंकास्पद वस्तुले आठ घण्टा अवरुद्ध सडक खुल्यो

2018-05-27

Lumbini, Rupandehi, Butwal

शंकास्पद वस्तु फेला परेपछि आठ घण्टासम्म अवरुद्ध रुपन्देहीको ड्राइभरटोल-शिवपुर सडक खण्ड सोमबार बिहान ८ बजेदेखि खुलेको छ । गएराति १२ बजे ड्राइभरटोलदेखि पूर्व करिब एक किलोमिटर दुरीमा सडकको बीचमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले उक्त स्थानमा रातभर पहरा दिएर सवारी साधन र सर्वसाधारणको आवागमन बन्द गराएको थियो । चारवटा ब्याट्री जस्ता वस्तुलाई तारले जोडेर रातो वत्ती टल्किने गरी राखिएकाले बमको आंशका गरेर सेनालाई डिस्पोजका लागि बोलाइएको थियो । सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर शंकास्पद वस्तुलाई डिस्पोज गरेपछि यातायात सेवा र आवागमन खुलेको ड्राइभरटोल प्रहरी चौकीका असई अवधेश यादवले अनलाइनखबरलाई जानकारी दिए । उक्त शंकास्पद वस्तु डिस्पोज गर्दा विष्फोटको आवाज नआई आगोको झिल्को मात्र निस्केको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments