Incident Reports

भरूवा बन्दुक सहित पक्राउ

2018-05-27

Bagmati, Makawanpur, Bakaiya, Ward 1

बकैया गाउँपालिका-१ धियाल बाघचौरस्थित जंगलबाट सोही स्थान बस्ने ५२ वर्षीय अक्कलबहादुर घलान र उनकै छोरा १७ वर्षीय टेकबहादुर घलानलाई १ थान भरूवा बन्दुक सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक बोकेर हिंडिरहेको अवस्थामा प्रहरी चौकी हात्तीसुडेबाट खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis