Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-24

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जेठ ११ गते उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले जेठ ११ गते उजुरी दर्ता गरेको एसपी मुकेशकुमार सिंहले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा जेठ ११ गते गरिएको छ । बालबालिकासम्बन्धी ऐन २०४८ मा बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नुपर्ने भएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments