Incident Reports

त्रिचन्द्रमा नेविसंघका विद्यार्थीबीच खुकुरी हानाहान, तीनजना घाइते

2018-05-30

Bagmati, Kathmandu, Kathmandu

राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई समहूबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीचका विद्यार्थीको ग्याङ फाइटमा तीनजना घाइते भएका छन् । यो घटनाका क्रममा खुकुरी हानिँदा नेविसंघ कार्यकर्ता कौशल दाहाल, अजय गजुरेल र गोरख रदुले घाइते भएका महानगरीय प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएको छ। खुकुरी हानाहानपछि पुगेको प्रहरीले कलेजबाट तीनजनालाई खुकुरीसहित पक्राउ गरेर हिरासतमा लिएको छ । पक्राउ पर्नेहरुमा सहदेव नेपाल, अनिल लामा र सौरभ श्रेष्ठ रहेका छन् । नेविसं‌घका दुई गुटबीच आधिकारिक इकाइ कमिटीका नाममा लामो समयदेखि विवाद रहेको त्रिचन्द्र कलेजमा पटक पटक झडप हुँदै आएको छ । यो कलेजमा दुई गुटमा बाँडिएको नेविसं‌घको एउटा गुटका नाइके कौशल दाहाल छन् । त्यसैगरी अर्को गुटको नाइकै शान सिवाकोटी रहेका छन् । त्रिचन्द्रमा दुई गुटको नेतृत्व गर्दै आएका उनीहरुलाई नेताहरुले पनि सं‌रक्षण गरेका छन् । दाहाललाई नेविसंघ अध्यक्ष नैनसिंह महरको आशिर्वाद छ भने शिवाकोटीलाई महासचिव कुन्दन काफ्लेले साथ दिएका छन् । आधिकारिक कमिटीको विवाद बुधबार पनि चर्किएपछि दाहाल गुटले सिवाकोटी गुटमाथि आक्रमण गरेको जिकिर गरिएको छ । दाहाल गुटले अनिल लामासहितका केही युवालाई खुकुरीसहित बोलाएर आक्रमण गर्न लगाएको शिवाकोटी गुटले दाबी गरेको छ। तर आक्रमणका क्रममा दाहाल गुटले बोलाएका लामासहितले चिन्दै नचिनी दाहाल पक्षकै विद्यार्थीहरुमाथि खुकुरी हानेको बताइएको छ । दरबार मार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले पत्रकारहरुलाई जानकारी दिए अनुसार जुन समूहले आक्रमणका लागि बोलाएको हो, त्यही समूहमाथि खुकुरी हानिएको सुरुवाती छानबिनबाट देखिएको छ । दाहाल गुटकै सदस्यमाथि खुकुरी हानेर भागेका लामासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिचन्द्रमा कुन्दन काफ्लेले शिवाकोटीलाई इकाइ अध्यक्ष बताएका छन् । नैनसिंह महरले दाहाललाई इकाइ अध्यक्षमा चयन गरेका छन् । यही विवादकाबीच बुधबार खुकुरी हानाहान भएको हो । एकले अर्को पक्षलाई निषेध गरिरहेका बेला गुण्डागर्दीमा संलग्न युवाहरु नै बोलाएर विद्यार्थीमाथि खुकुरी हान्नसमेत लगाइयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments

Related Reports