Incident Reports

अज्ञात पक्षबाट बालिकाको हत्या

2018-05-29

Lumbini, Gulmi, Dhurkot

धुर्कोट गाउँपालिका-७ वाग्लामा एक बालिकाको शव बेवारिसे अवस्थामा फेला परेको छ । अन्दाजी ११ वर्षीया बालिकाको शव सडेको अवस्थामा जेठ १६ गते स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट, इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले जानकारी दिए । हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार टाउकोमा चोट लागेको देखिएको शव नग्न अबस्थामा रहेको थियो । शवलाई जेठ १६ गते राति नै जिल्ला सदरमुकाम ल्याएर पहिचान गर्ने प्रयास भए पनि सडेकोले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । घटनास्थल वरपरका कसैले पनि शवको पहिचान गर्न नसकेको स्थानीय कृष्ण घिमिरेले बताए । शवको पोष्टमार्टमका लागि जेठ १७ गते जिल्ला अस्पताल तम्घासमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Police website

0 Comments