Incident Reports

दुर्व्यवहार गरेको आरोपमा गिरफतार l

2013-09-13

Sukdev Chaudhary धरान नपा-११ निवासी विष्णुपादुका गाविस-३ स्थित श्री जनज्योति प्राविका प्रधानाध्यापक ३३ वर्षीय राजकुमार राईलाई एक ११ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा भदौ २८ गते प्रहरीले गिरफतार गरेको छ । बालिकालाई भदौ २७ गते चाउचाउ खान दिने बहानमा घरमा लगि दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय धरानमा भदौ २८ गते राई विरुद्ध दिएको उजुरीको आधारमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । राईलाई सात दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको धरानका डिएसपी टेकबहादुर तामाङले बताए । यसैबीच, आरोपित प्रधानाध्यापक राजकुमारलाई बचाउन एमाओवादी पार्टी लागेको भन्दै भदौ ३० गते इलाका प्रहरी कार्यालय धरानमा बाल क्लबका बालबालिकाहरुले दिनभर धर्ना दिएका छन् । घटनाको आरोपीलाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि बढिसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले जानकारी दिए । डिएसपी तामाङले धर्नामा बसेका बालबालिकाहरुलाई आरोपीलाई कानुनी सजाय हुने आश्वासन समेत दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis