Incident Reports

प्रहरीद्वारा भारत जाँदै गरेका तीन जना बालकको उद्धारl

2013-09-15

Binod Pandey नेपाल भारत सिमास्थित जमुनाह प्रहरी चौकीले भदौ ३० गते भागेर भारततीर जाँदै गरेका तीन जना बालकको उद्धार गरी घर फर्काएको छ । दाङ जिल्ला तुलसीपुर नपा-९ का १५ वर्षीय साजन केसी, १६ वर्षीय शंकर सुनार र १५ वर्षीय नारायण बस्नेतलाई चेक जाँचको क्रममा भागेर भारत जान लागेको खुलेपछि फर्काइएको चौकी इन्चार्ज सई सुमन खरेलले बताए । सोही दिन बालकहरूका आफन्तलाई बोलाएर उनीहरुलाई जिम्मा लगाई घर फर्काइएको सई खरेलले जानकारी दिए । विनोद पाण्डे

0 Comments