Incident Reports

बाँकेमा ६ जना यातायात व्यवसायी पक्राउ

2018-05-04

Lumbini, Banke, Nepalgunj, Ward 5

सरकारले यातायात समितिहरु खारेज गर्दै प्राईभेट कम्पनीमार्फत सार्वजनिक सवारीसाधन चलाउने सरकारको निर्णयविरुद्ध आन्दोलनरत यातायात व्यवसायीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । बाँकेमा पनि विभिन्न यातायात समितिका ६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ जना सनराइज यातायात समितिका छन् भने भेरी यातायात समितिका २ जना रहेका छन् । सनराइजका उपाध्यक्ष्य प्रविन बिसी, महासचिब रमेश शाह, कर्मचारीद्वय नवराज शर्मा र होमबहादुर खड्का तथा भेरीका सचिब रमेश बहादुर खत्री र कर्मचारी दिपक बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राणा बहादुर बिष्टले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments