Incident Reports

पत्रकारलाई कुटपिट, यात्रुसहितको बसमा आगजनी l

2013-09-15

Karnali, Salyan, Tribeni

Bhojraj Timalsina नेकपा-माओवादीसहितका ३३ दलको आह्वानमा भएको ताम्सालिङ बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरूले भदौ ३० गते धुलिखेलबाट मेलम्ची जाँदै गरेको यात्रुबाहक बसमा आगो लगाएका छन् । बिहानै जनागालबाट मोटरसाइकलमा बनेपातर्फआइरहेका अरनिको टेलिभिजनका पत्रकार देबराज केसीलाई तिनदोबाटोमा रोकेर दुर्व्यवहार गरेपछि स्थानीयले बन्दको प्रतिकार गर्दै चारदोबाटोतर्फ जुलुस लिएर आएका थिए । बनेपा चारदोबाटोमा रहेका बन्दकर्ता र प्रतिकारमा आएकाबीच झडप हुन लागेपछि प्रहरीले दुबैतर्फो जुलुस रोकेर बन्दकर्ताको हातमा रहेका लाठी र रडहरू खोसेको थियो । घटनाको लगत्तै प्रहरीलाई ढुंगा हान्नथालेपछि प्रहरीले बन्दकर्तालाई लखेट्दै बन्दकर्ता १७ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिएको छ । नेकपा-माओवादी र नेकपा-एकिकृतका कार्यकर्ता गिरफ्तार गरी जबर्जस्ती यातायात सञ्चालनमा ल्याएको भनी धुलिखेल नपा-६ स्थित मिरावल चोकमा यात्रु लिएर आएको बसमा आगो लगाई क्षति पुर्‍याइएको छ । बनेपा-मेलम्ची चल्ने वा २ ख ५६७२ नम्वरको सुपर एक्सप्रेस यात्रुबाहक बसमा १५ जना यात्रुहरू रहेको बताइएको छ । यात्रुहरूलाई बसबाट नझारी ५ जना बन्दकर्ताहरूले पेट्रोल छर्केर आगो लगाई भागेका थिए । आगो लगाएपछि यात्रुहरूले झ्यालबाट फालहाली ज्यान जोगाएको बताए । आगोलागीबाट बसभित्र रहेको नगद ३० हजार र बस पूर्णरुपमा क्षति भएको छ । आगलागिपछि बनेपा नगरपालिकाको मिनी ट्याङ्ककरले आगो नियन्त्रणमा लिएको थियो । बन्दकर्ताहरूले विहानै बनेपा नालादोबाटोमा रहेको एउटा पसलमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट महादेबस्थान गाविस-२ धाइटार घरभएका पत्रकार केशवराज पौडेल र केही प्रहरीलाई चोट लागेको छ । राजधानी दैनिकमा कार्यरत पत्रकार केशवराज पौड्याल र अरनिको टेलिभिजनमा कार्यरत पत्रकार देवराज केसीलाई नेकपा माओवादीका कार्यकर्ताहरूले आक्रमण गरेको भनि नेपाल पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा केसी चढेको वा ३६ प ८५७७ मोटरर्साईकलमा क्षति पुगेको भन्दै क्षतिपूर्तिको माग गरिएको छ । प्रहरीले जबर्जस्ती बन्द गर्न हिँडेको आरोपमा नेकपा-माओवादीका केन्द्रिय सदस्य चुडामणी गौतम, राज्य समितिका सदस्य गोपाल घिमिरे, जिल्ला सचिवालय सदस्य गिता रसाइली, सुन्तली थोकर, सागर मैनाली, सौरभ कायस्थ, खेजराज न्यौपाने, कृष्ण, अनिल, होमबहादुर खुलाल, शिवबहादुर बानिँया, कृष्ण लामा, भिम लामा, नकुलप्रसाद परियार, अर्जुन थापा, खड्गबहादुर श्रेष्ठ र नेकपा एकिकृतका कान्छाराम तामाङलाई गिरफ्तार गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis