Incident Reports

जबर्जस्ती करणी गर्ने युवा पक्राउ

2018-06-01

Gandaki, Parbat, Kushma, Ward 4

अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन् । म्याग्दी जिल्लाको साविक मल्कावाङ गाविस–१ स्थायी भई पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा बस्ने २६ वर्षीय मंगले भन्ने अनिल विकलाई प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । बिकले शुक्रबार राति १० बजे कुश्मा नगरपालिका–४ स्थित मांझमेला भन्ने स्थानको सामुदायिक जंगलको खाली ठाउँमा लगेर १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट ५०० मिटरको दूरीमा पर्छ । पीडित युवतीलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो भने पीडकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments