Incident Reports

रुपैडिहा नाकाबाट ६ महिलाको उद्धार

2018-05-20

Lumbini, Banke, Nepalgunj, Ward 15

रुपैडिहा नाका हुँदै भारत लान लगिएका ६ जना महिलाको बाँके प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सिमा नाका रुपैडिहा बसपार्क हुँदै दिल्ली लैजान लगिएका ६ महिलाको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । महिला बेचबिखनमा संलग्न भनिएका कैलाली धनगढी उपमहानगरपालिका-१९ का सुरेश चौधरी सनिबार नै पक्राउ परेपछि दिल्ली लैजान लगिएका महिलालाई उद्धार गर्न सम्भब भएको इलाका प्रहरी कार्यालय जमुनाहाका सई सुनिल शाहले बताए । चौधरीले महिलाहरुलाई नेपालगन्ज ल्याउने र नेपालगन्ज बाट राप्ती सोनारी-८ बिनौनाकी अश्मिता थापाले सिमा कटाउने गरेको प्रहरीले जनाएको छ ।

0 Comments