Incident Reports

मानव बेचविखनको आरोपमा एक पुरुष गिरफ्तार l

2013-09-13

Nati Babu Dhital गोल्चे गाविस-५ का ४० वर्षीय चिरकन भनिने निमा छिरिङ लामालाई मानव बेचविखनको आरोपमा भदौ २८ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित लामाले सोही ठाँउकी २० वर्षीया एक महिलालाई ०६५ चैत ९ गते फकाएर जागिर लगाईदिने भनेर बिक्री गरेको आरोपमा पक्राउ गरिएको हो । पीडितको अवस्था हालसम्म अज्ञात छ । आफ्नो छोरीलाई फकाएर बिक्री गरेको भन्दै पीडितकी आमाले ०७० भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन आरोपमा उजुरी गरेकी थिइन् । पीडित पक्षको जाहेरीले जिल्ला प्रहरी कार्यालयल चौताराले ०७० भदौ २५ गते मानव बेचविखन तथा ओसार पसार विरुद्ध १० नम्बरमा मुद्दा दर्ता गरेको थियो । गिरफ्तार परेका आरोपित लामालाई हाल जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागी हिरासतमा राखेको छ भने अर्का आरोपित फरार रहेको प्रहरीले जनाएको छ । नातीबावु धिताल

0 Comments