Incident Reports

बलात्कार गरेको आरोपमा मुद्दा दर्ता l

2013-09-15

Gandaki, Syangja, Biruwa

एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चिन्नेबास गाविस-७ का ३२ वर्षीय विष्णु भन्ने मोहनबहादुर लम्सालविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी छन् । आरोपी लम्सालले भदौ २९ गते राती कोठामा आएर मुख थुनी धम्की दिएर बलात्कार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते दिएको जाहेरीमा उल्लेख छ । घटनापछि पीडितले तुरुन्त प्रहरीलाई फोन गरी बोलाएपछि सोही दिन आरोपीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरिबहादुर बरुवालले बताए । पीडितको जिल्ला अस्पतालमा भदौ ३० गते स्वास्थ्य परीक्षण भयो । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis