Incident Reports

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

2018-06-03

Karnali, Jumla, Sinja, Ward 6

सिञ्जा गाउँपालिका-६ स्थित वडा कार्यालयमा अज्ञात समूहद्वारा जेठ २० गते राति तोडफोड गरेको छ । कार्यालय तोडफोड गरी कार्यालयमा रहेको विभिन्न योजनाको निर्णय फाईल समेत च्यातिएको र कार्यालयको झ्याल र ढोका तोडफोड गरेको प्रमुख प्रशाकीय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने-‘यस विषयमा प्रहरी चौकीमासमेत उजुरी गरिएको छ ।’ सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलका अनुसार वडा कार्यालय तोडफोडका विषयमा अनुसन्धान भइरहेको छ । घटनामा संलग्न व्यक्तिको छानविन गरी कारवाहीको दायरामा ल्याउने उनले बताए । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराए पनि सुरक्षाकर्मी सङ्ख्या न्यून भएकोले समस्या समाधान हुन नसकेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments