Incident Reports

पतिको छुरा प्रहारबाट गम्भीर घाइते महिलाको मृत्यु l

2013-09-15

Sur Bahadur Pariyar पति विजयराज भट्टको चुराप्रहारबाट गम्भीर घाइते भएकी गेटा गाविस-५ की ४६ वर्षीया भागरथी भट्टको भदौ ३० गते राती मृत्यु भएको छ । पीडित भागरथी भट्टलाई ०७० वैशाख ८ गते पति ५८ वर्षीय विजयराज भट्टले घरयासी विवादमा छातीमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । छातीमा गम्भीर घाइते भागरथीको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भएको थियो । काठमाडौँबाट उपचार गरी दुई महिना अघि घर र्फकेकी भागरथीको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनराज जोशीले बताए । लासको पोष्टमार्टम भदौ ३१ गते धनगढीमा भएको थियो । कान्छी पत्नी भागरथीले पति विजयसँग अंशबण्डा माग गरी मुद्दा मामिला गरेको आवेगमा विजयले पत्नी र छोरा १८ वर्षीय चन्दकान्तलाई चक्कु प्रहार गरेका थिए । घटनामा संलग्न भट्ट फरार रहेको र हाल उनको खोजी कार्य भईरहेको इलाका प्रहरी जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । घटनामा सहयोग गरेको आरोपमा लवदेव भट्टलाई जिल्ला अदालतको आदेशमा असार २ गते देखी पुर्पक्षका लागि जिल्ला कारागार कैलालीमा थुनामा राखिएको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis