Incident Reports

जग्गा विवादमा दुई घाइते एक गम्भीर

2018-05-28

Madhes, Dhanusha, Janakpur

श्रीनेश्वरनाथ नगरपालिकामा जग्गा सम्बन्धी विवाद हुँदा दुई जना घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्। नापाको वडा नम्बर ८ दिगम्वरपुर् बस्ने महावीर साह र उनका छोराहरु सुनिल साह र बिनोद साहले आफ्नै छिमेकि सत्यनारायण महतोलाई कोदालोले हान्दा उनको टाउको फुटेको तथा शरीरको अन्य भागमा समेत अंगभंग भएको छ। उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भई रहेको छ। त्येस्तै उनि संगै देव नारायण महतो र उदय महतो समेत घाइते भएका छन्। उनीहरुको पनि शरीरको विभिन्न भागमा गम्भीर चोट पटक लागेको छ। गम्भीर घाइते भएका सत्यनारण महतोको जग्गा महावीरले चापेको र त्यसलाई ठिक गर्नकालागी भन्दा उल्टै साहले धम्कि दिने गरेका कारण पिडितले जिल्ला प्रहरी कार्यालय धनुषामा समेत शान्ति सुरक्षाकोलागि निवेदन दिएको पिडितले बताए। यता, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुमार सिंहले जग्गा सम्बन्धी विवादमा कुटाकुट हुँदा घाइते भएको बताए। उनले महावीर साहले आफ्ना छोराहरुलाई कुटनकोलागि भनेपछि छोराहरुले कुटेको जानकारी दिए। उनले आफुहरुले महवीरको घरमा उनीहरुलाई खोज्न जाँदा उनीहरु फरार रहेको जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Local Newspaper - Mahottari

0 Comments

Related Reports