Incident Reports

हत्या गरेको आरोपमा श्रीमान श्रीमती पक्राउ

2018-06-08

Gandaki, Parbat, Phalebas, Ward 2

फलेवास नगरपालिका ३ शंकरपोखरीका ३५ वर्षीय गोपाल सुनारलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सुनारको हत्या गरेको आरोपमा फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय विनोद कुँवर र उनकी श्रीमती १७ वर्षीय राधिका कुँवरलाई पर्वत प्रहरीले पक्राउ गरेको हो । गएको शुक्रबार दिउँसो विनोद कुँवरले मादक पदार्थ सेवन गरी कुटपिट गरी घाइते बनाएका थिए । श्रीमान्लाई बचाउन खोज्दा गोपाल सुनारकी श्रीमती ३३ वर्षीय सरस्वती सुनारसमेत घाइते भएकी थिइन् । कुटपिटबाट घाइते भएका दुवैलाई मणिपाल अस्पताल पोखरा लगिएको थियो । उपचारकै क्रममा गोपाल सुनारको शनिबार बिहान ज्यान गएको हो । उनकी श्रीमतीको उपचार भैरहेको छ । प्रहरीले दुवै आरोपित दम्पतीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको र घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports