Incident Reports

करणीको उजुरी लिन प्रहरीले इन्कार, पीडित न्यायको खोजीमा

2018-06-09

Province 1, Khotang, Sakela

खोटाङ साकेला गाउँपालिका वडा नम्बर ५ की भद्रसिला राई यतिबेला न्यायको खोजीमा छिन् । आफूमाथि जबर्जस्तीकरणी हुँदा समेत ईलाका प्रहरी कार्यालय दमकले उजुरी लिन नमानेको उनको दुखेसो छ । दमक नगरपालिका वडा नम्बर–५ बस्ने २९ वर्षीय राजा खड्काले उनलाई धाकधम्की दिँदै जबर्जस्तीकरणी गरेका थिए । सामाजिक सञ्जालमा चिनजान भएका राजाले तिमीलाई बिहे गर्छु भन्दै भेट्न बोलाएर बारम्बार करणी गरेको र आफूले सहारा माग्दा अलपत्र पारेर फरार भएको पीडित राईले बताइन् । राजाले आफूलाई नेपाल आर्मीको मेजर हुँ भनेर समेत भन्ने गरेको र सामाजिक सञ्जालमा समेत फोटोहरु राखेको भएता पनि अहिले डिलिट गरेको उनले बताइन् । राजाले फेसबुकमा विभिन्न युवतीहरूलाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेको बताइन्छ । फरार राजालाई सामाजिक सञ्जालमा टाँडीकै एक युवतीसँग बोल्ने क्रममा फेला पारेपछि स्थानीय महेन्द्र थेगिमले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका थिए । तर, प्रहरीले भने उल्टै न्याय दिनुको साटोमा जाहेरी नै लिन मानेको छैन । जसका कारण प्रहरीको भूमिका नै शंकास्पद देखिएको छ । दमक प्रहरी प्रमुख दिपक गिरीले पीडितलाई नै झपारेका छन् । राजाले दमक एक अधवंैशे युवतीलाई मायाजालमा पारेर मस्ती गर्दै हिँडेका छन् । राजाले प्रहरीको आडमा आफुलाई कहाँ गएर के गर्छेस् गर सबै मेरै मान्छे छन्, केही नाप्दैनौं भन्दै थर्काउने गरेको पीडित महिलाले बताईन् । काठमाडौंबाट आएर न्याय खोज्दै आएकी उनले आफूलाई न्यायको लागि सहयोग गरिदिन अनुरोध गरेको छिन् । उनले भनिन्, ‘म पागलझैँ भैसके । प्रहरीले उजुरी नै लिन नमानेपछि उजुरीको कागज फिर्ता माग्दा समेत दिन मानेको थिएन ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments