Incident Reports

बोक्सीको आरोपमा छिमेकीहरूद्वारा कुटपिट l

2013-09-17

Madhes, Saptari, Belhi Chapena

Manohar Kumar Pokharel मलेकपुर गाविस-७ मुसहर्नियाकी ६५ वर्षीया तुलवादेवी भनिने खदरी मण्डललाई छिमेकी ४० वर्षीय हरिकान्त मण्डललगायतले बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितका आफन्तले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । घरमा सुतिरहेकी पीडितलाई बाहिर निकाली हरिकान्तसहित सोही ठाउँका ३८ वर्षीय उमाकान्त मण्डल, ५० वर्षीय हरीनारायण मण्डल, ४५ वर्षीय रामचन्द्र मण्डल, ४८ वर्षीय रामसुन्दर मण्डल, २२ वर्षीय बिनोद मण्डललगायतकाको समूहले भदौ ३१ गते राति ९ बजे कुटपिट गरेको पीडितका छोरा ३० वर्षीय उमेश मण्डलले बताए । आरोपित हरिकान्तको १६ वर्षीया छोरी रन्जनाको तीन वर्षअघि विषसेवनबाट मृत्यु भएको र अर्की छोरी १५ वर्षीया सन्जना लगातार विरामी परी काम्न थालेपछि बोक्सीका कारण त्यसो भएको भन्दै आरोपितहरूले घरमा सुतिरहेकी पीडितलाई कपालमा समाएर घिसार्दै गाला र मुखमा मुक्का हानी घाइते बनाएका हुन् । बोक्सीको आरोपमा पीडितमाथि भएको कुटपिट रोक्न खोज्दा आरोपितहरूले अश्लिल शव्दमा गालीगलौज गर्दै झापड हिर्काएको छोरा उमेशले बताए । कुटपिटबाट पीडितको मुख र कानमा असर पुगेको छ । बेहोस अवस्थामा उनको उपचार राजविराजस्थित अञ्चल अस्पतालमा भइरहेको छ । पीडित पक्षले सोही दिन राती प्रहरी वेस क्याम्प पत्थरगाढामा उजुरी दिएको आधारमा प्रहरीले रामसुन्दर र निजका छेारा बिनोदलाई राती नै गिरफ्तार गरेको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis