Employees of Fatuwa Bijaypur Municipality, Rutahat have halted their work from Monday accusing former parliament member Sunil Yadav of threatening them and enforcing his whim in Municipal work. Service seekers were affected due to the halt in Municipal work.
According to Finance Officer Madhav Raj Dhakal of the municipality, the Municipal employees have decided to halt their work as former MP, Jitendra aka Sunil Yadav threatened them without any reason. Ward 8 chairman of the Municipality, Umashankar Yadav has also accused Jitendra of confiscating Attendance book, cheque book, and other documents of the Municipality.
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीहरुले सोमबारदेखि नगरपालिकाका कामकाज ठप्प पारेका छन् । रौतहट क्षेत्र नम्वर–३ का पुर्व सांसद जितेन्द्र भन्ने सुनिल यादवले आफूहरुलाई बिना कारण धम्की दिने गरेकाले आफूहरुले काम गर्न नसक्ने भन्दै कामकाज ठप्प पारेको लेखाअधिकृत माधव राज ढकालले जनकपुर टुडेलाई बताए । नगरपालिकाको कामकाज ठप्प पछि त्यहाँबाट जनताले पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित भएका छन् । नगरपालिकाको परिषद ढिलो गरि भएको कारण उपभोक्ता समिति गठन तथा विभिन्न विकास निर्माणका काममा कमिशनको कुरा नमिल्दा सो नगरपालिकामा बेला बेलामा कर्मचारीहरुले कामकाज ठप्प पार्ने गरेका छन् । पुर्व सांसद यादवले दादागिरी शैलीमा नगरपालिकाको कर्मचारीहरुलाई धम्काउदै दर्ता चलानी पुस्तिका, हाजिर रजिष्टर र चेकबुक लगाएतका कागजातहरु आफ्नो नियन्त्रणमा लिएको वडा नम्वर ८ का अध्यक्ष उमाशंकर साहले बताए । साहका अनुसार पुर्व सांसद यादवले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई अपशब्द प्रयोग गर्दै कागजात नियन्त्रणमा लिंदा समेत नगर प्रमुख गोपाल राय यादव मुखदर्शक बनेर बसेको बताए । त्यसै गरी नगर प्रमुख गोपाल राय यादवसँग यस विषयमा बुझ्दा यो समान्य कुरा भएको र पुर्व सांसद यादवले नभएर आफुले कार्यालयको चलानी दर्ता, रजिष्टर पुस्तिका र चेकबुक लगाएतका कागजात चेकजाँच गरेको बताए । एता पुर्व सांसद यादवले नगरपालिका प्रशासकीय अधिकृत रञ्जना साहले बोर्डको निर्णय बिना नै आफु खुशी कार्यालयका लागि विभिन्न फर्निचरका समाग्री, कम्प्युटर लगायतका समाग्री खरिद गरेर अनियमितता गरेको हुनाले आफु नगरबासीको हैसियतले खोजीनिती गर्दा धम्कीको आरोप लगाएको बताए छन् । पुर्व सांसद यादवले प्रशासकीय अधिकृत रञ्जना साह र प्राविधिक सहायक मुकेश साहले आफ्नो मनोमानी तरिकालले नगरपालिकाको रकम दुरुपयोग गर्ने गरेको र नगरप्रमुख यादवलाई थाहाँ नै नदिई मोटो रकमको चलखेल गरी २ जना कर्मचारी नियुक्ती समेत गरेको बताएका छन् भने नगरपालिका प्राविधिक सहायक मुकेश साहकाले पुर्व सांसद यादवले नगरपालिकासँग २ लाख ५० हजार बराबरको फर्निचर समाग्री खरिद गर्न माग गरेको र आफुहरुले त्यो माग पुरा नगरेका कारण प्रशासकीय अधिकृत रञ्जना साह लगाएतका कर्मचारीलाई विभिन्न बखेडा निकाली धम्काउने तथा झुटा आरोप लगाउने गरेको बताए ।