Incident Reports

बालक अपहरणको प्रयास गर्ने एकजना पक्राउ

2018-06-14

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 10

१० गगनी गाउँमा २ वर्षीय बालक अपरहण गर्न खोजेको भन्दै स्थानीयले एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । यसरी पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १ नवलपरासीका सुवास हरिजन रहेका छन् । स्थानीय राम औतार पासीको २ वर्षीय बालकलाई गाउँबाट जबरजस्ती बोकेर जैजाँदै गर्दा स्थानीयले पक्राउ गरेको बताएका छन् । उनलाई गाउँमै बाँधेर राखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको खबरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवा र ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट गएको प्रहरी टोलीले हरिजनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा थुनामा राखेको छ । बालकलाई बली दिन अपहरण गरी लैजान लागिएको गाउलेको आशंका छ । पक्राउ परेका हरिजन उपर थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयाे । पछिल्लो समय मानव बलि दिने घटनाहरु बढ्न थालेका कारण बालकलाई पनि बलि दिने नियतले अपहरण गरिएको हुनसक्ने गाउँलेले आशंका गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , INSEC

0 Comments

Related Reports