Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार, पीडितको अवस्था गम्भीर

2018-06-15

Bagmati, Dhading, Nilakantha, Ward 12

बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ । मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते नै गिरफ्तार गरेको भएपनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता गराएको छ । बौद्धिक अपाङ्ता, बहिरा र शारीरिक अपाङ्गता भएकी महिलालाई आरोपितले असार १ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनापछि गाउँबासीको सहयोगमा पीडितको उद्धार गरी असार १ गते जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा अवस्था गम्भीर भएकाले असार २ गते थप उपचारका लागि थापाथली स्थित प्रसूति गृहमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए । पीडित महिलाको यौनाङ्गबाट धेरै रगत बगेपछि जिल्ला अस्पतालमा रगत दिइएको थियो । घाउ भएको ठाउँमा टाँका लगाइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments