Incident Reports

बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार

2018-06-15

Madhes, Parsa, Dhobini, Ward 3

धोबिनी गाउँपालिका-३ हरिहरपुरकी २२ वर्षीया सन्जु देवी साह र उनकी नौ महिने छोरी रिया साहलाई जल्दै गरेको अवस्थामा असार १ गते उद्धार गरिएको छ । घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । उद्धार गरिएका आमा छोरी दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा हुन नसकेपछि असार १ गते नै काठमाडौँ लगिएको छ । काठमाडौंको कीर्तिपूरस्थित बर्निङ सेन्टरमा उनीहरूको उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । सन्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको घाउ देखिनुका साथै उनको छाति, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाँटीमा पत्तीले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बूले जानकारी दिए । प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन् । तर, सन्जु देवीका ४८ वर्षीय ससुरा लक्ष्मीप्रसाद साहले सन्जु देवी आफैँले छोरी र आफ्नो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको दावी गरेका छन् । घरायसी झगडा भएपछि त्यसैको आक्रोशमा सन्जु देवीले दूधे छोरीसहित आत्महत्याको प्रयास गरेको ससुरा लक्ष्मी साहले बताएका छन् । प्रहरीले अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई असार १ गते नै गिरफ्तार गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
INSEC , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments