Incident Reports

No translation available.

2018-06-19

)मा वर्तमान सामाजिक प्रणालीमा सुधारको आवश्कता महसुस गरिएको छ । तर, पुरानो ढाँचालाई विना प्रभावित नगरीकन ।‘विद्याविनयसंपन्ने ब्राहणे गवि हस्तिनि । शनि चैव श्वपाके च पंडिता : समदर्शिन : ।।’ अर्थात् ज्ञानी व्यक्तिले विद्या र विनयले सम्पन्न ब्राह्मण, गाई, कुकुर, हात्ती र अछुत सबैलाई समान दृष्टिबाट हेर्छ । यद्यपि यो श्लोकमा अछूतलाई पशुको श्रेणीमा राखेको छ, तथापि यो श्लोक प्रगतिशील छ किनकी यसमा विद्धान र ब्राह्मणमा अन्तर देखाइएको छ साथै ब्राह्मण तथा अस्पृयमा कुनै अन्तर गरिएको छैन ।डाक्टर अम्बेडकरको विचारमा दलित तबसम्म न्याय प्राप्ति र आफनो हितको रक्षा गर्न सक्दैन जबसम्म राजनीतिक शक्ति उनीहरूलाई मिल्दैन । अहिले शक्तिशाली कम्युनिस्ट पार्टी सरकारमा छ । दुई तिहाइ बहुमत छ । बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनको वर्चस्व छ । शिक्षक करण दम्पती वामगठबन्धका सबै सांसदका न्यायका लागि पहल गरीदिन हारगुहार गरे । तर, सबैको जवाफ एउटै छ– ‘यो केशमा हामी केही पनि गर्न सक्दैनौं।’ वाम गठबन्धन हुनेबेलादेखि प्रधानमन्त्री केपी ओलीले पटकपटक सामाजिक न्याय सहितको समृद्धिको कुरा दोहोर्याउने गर्छन् । तर, यहाँ प्रश्न उठ्छ– प्रधानमन्त्रीले भनेको समाजिक न्याय सहितको समृद्धि कस्तो हुन्छ ? शिक्षक करण स्वयम् पनि कम्युनिस्ट हुन् । तर ऊ पहिला दलित हो, त्यसपछि कम्युनिस्ट । सरकारदेखि जिल्लासम्म वाम गठबन्धनको सत्ता भए पनि ऊ घरबारविहीन भएर बस्नुपरेको छ । खासमा कम्युनिस्ट विचारधाराका शिक्षक करणले खोजेको समृद्धि र समानता पो कहिले आउने हो ? थाहा छैन। अझ भारतमा बस्ने धनबहादुर चन्दले त राणा दम्पतीको ज्यानको मूल्य नै तोकेको छ । करणका अनुसार गाउँमा धनबहादुरले भनेका थिए, ‘जहाँ भेट्छ त्यही काँट, काट्नेलाई हामी बचाउँछौं, त्यो ‘डुम’(राणा)का सन्तानलाई बरु चन्दा उठाएर पढाउँछौँ, तर उसलाई बाँच्ने अधिकार छैन ।’नेपाली कांग्रेसले आफ्नो १२ औं महाधिवेशनबाट छुवाछुत विभेद गर्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत नहुने व्यवस्था गरेको छ । कांग्रेसले वर्षमा एक दिन देशभरका पार्टी कार्यालयमा छुवाछुत दिवस मनाउने गर्छ । तर, करण दम्पतीलाई विना कारण १४ महिनासम्म विस्थापित गर्ने पार्टीका क्षेत्रीय सभापति र दलित भन्दै ज्यादति गर्ने मेलोरी नगरपालिका उपप्रमुख ओझालाई कार्वाही कांग्रेससँग ल्याकत छ ? गल्ती नै नगरी जातीय पूर्वाग्रह राखेर गणतन्त्र शासन व्यवस्था चलेको देशमा दलित भएकै कारण झुठा आरोप लगाएर दुःख मात्र दिने होइन घरबाट विस्थापित हुनुपर्ने कस्तो विडम्बना हो ? जात व्यवस्तालाई कायम राखेर समृद्धि र समाजिक न्याय पाउन सकिन्छ ? शिक्षक करण राणाको सर्वस्व जलाइयो । तर, अदालतमा एक जना पनि बयान दिने व्यक्ति उसले पाएन ? यो कस्तो खाले सामाजिक न्यायको संकेत हो ?विभिन्न पार्टीका नेताहरू गर्व गर्दै भन्छन्– भारतलगायत दक्षिण एसियामा समेत कुनै पार्टीले दलितको भातृ संगठन बनाएको छैन । तर, नेपालमा बनाइएको छ । र, राजनीतिक दल आफनो विचारधारा ती संगठनमार्फत् लगेको छ । तर, यहाँ प्रश्न उठ्छ– करण दम्पती र रामले दलित भएकै कारण ज्यादति सहँदा पनि कहाँ हराए यी दलित संगठनहरू ? राजनीतिक दलहरूले भोट बैंक संकलनका लागि मात्रै दलित भातृसंगठनलाई उपयोग गरेको त होइनन् ? भातृ संगठनका दलित समुदायका नेता के कारणले पार्टीभित्र दलितको पक्षमा कुरा उठाउन नसकेका हुन् ?अझै पनि धारा छोएको निहुँमा कतिलाई दुव्र्यवहार गरिएको छ ।प्रधानमन्त्री, मन्त्री तथा दलका नेताहरू दलितका बच्चा काखी च्याप्दै विद्यालय भर्ना अभियान गराउँदै फोटो खिँचाउँदै हिँडेका छन् । तर, करणका चार छोराछोरीले जातीय विभेदकै कारण एक वर्ष पढ्न पाएनन् । उनीहरूलाई गाउँकै विद्यालयमा पढ्ने वातारण कहिले बन्छ ? के करण दम्पती र र रामले न्याय पाउँलान् ?
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis