Incident Reports

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

2018-06-15

Province 1, Sunsari, Barah, Ward 9

बराहक्षेत्र नगरपालिका-९ राजाबासकी ३६ वर्षीया साधना कविरथलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी असार १ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताए । कविरथलाई घरदेखि २ सय मिटर टाढा आफ्नै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फ्याँकिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका एसपी अधिकारीले बताए । पती वैदेशिक रोजगारमा रहेको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजबासमा तीन छोरी र एक छोराका साथ बस्दै आएकी साधना कविरथलाई कर्तव्य गरी हत्या गर्नेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments