Incident Reports

आमा बलात्कार आरोपमा छोरा पक्राउ

2018-06-17

Province 1, Bhojpur, Salpasilichho, Ward 4

भोजपुरमा आफ्नै छोराबाट एक वद्धा बलात्कृत भएकी छिन्।साल्पासिलिछो गाउँपालिका- ४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए। पीडित आमाले आफूलाई छोराले पटकपटक करणी गरेको भन्दै प्रहरी चौकी दोभानेमा उजुरी दिएपछि आरोपित शेर्पालाई पक्राउ गरिएको प्रनाउ थारुले जानकारी दिए। यसअघि पनि आफ्नै आमालाई बारम्बार जबरजस्ती करणी गरेको आरोप लागेका शेर्पालाई आइतबार नै पक्राउ गरी पीडित आमाले दिएको उजुरीको आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर लगिएको छ।आरोपित शेर्पालाई अनुसन्धानपश्चात कानुनी प्रक्रिया अगाडी बढाइने प्रनाउ थारुले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments