Incident Reports

कमलरी बालिका हत्या गरेको आरोपमा प्रहरीमा उजुरी

2018-06-12

Lumbini, Bardiya, Badhaiyatal, Ward 7

बढैयाताल गाउँपालिका-७ राजापुर स्थित ४५ वर्षीय दुर्गा भण्डारीको घरमा भुण्डिएको अवस्थामा मृत भेटिएकी बाँसगढी नपा-४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारुको परिवारले छोरीको हत्या गरेको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यलय मैनापोखरमा असार ४ गते उजुरी दर्ता गराएका छन् । प्रहरीले असार ४ गते नै दुर्गा भण्डारीलाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ । अस्मिता भण्डारीको घरमा ०७५ जेठ २९ गते भुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी दुर्गा भण्डारीको घरमा २०७० सालदेखि बस्दै आएकी थिइन् । उनलाई पढाइदिने शर्तमा दुर्गाले घरमा ल्याएका थिए । उनी स्थानीय भगवती माविको कक्षा तीनमा अध्ययनरत थिइन् । ६ वर्षको उमेरमा ‘मालिक’को घरमा ल्याइएकी अस्मिता कोठामा फलामको रडमा सलको पासोमा झुण्डिएर मृत अवस्था भेटिएकी हुन् । मृतक बालीकाको बावु मनिराम थारुका अनुसार कोठामा टेवुलको अगाडि घाँटी सलमा बेरिएको, दुवै हात र दुवै गोडामा निलडाम परेको, दुवै हात टेवुलमा राखेको र हत्केलामा फलामको काँटीले ठोके जस्तो घाउ भई रगत बगेको देखिएको थियो । इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेश महतराले मृतकका बावुले दिएको दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाएको बताए । शवको पोष्टमार्टम जेठ ३० गते जिल्ला अस्पतालमा गरी थारु संस्कार अनुसार परिवारले अन्तिम संस्कारसमेत गरिसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , National/Online Media

0 Comments

Related Reports