Incident Reports

अज्ञात समूहले चलाएको गोलीले एक जना घाइते

2018-06-17

Province 1, Sunsari, Dewanganj, Ward 7

देवानगञ्ज गाउँपलिका-७ राजगञ्जसिनुवारीमा असार ३ गते मध्यराति गोली चलेको छ । अज्ञात व्यक्तिहरूको समूहले चलाएको गोली लागी राजगञ्जसिनुवारीका चन्दन यादव घाइते भएका छन् । स्थानीय चन्दन यादवलाई लक्षित गरेर राति गोली चलेको र टाउकोमा गोलीको छर्रा लागेर यादव घाइते भएको स्थानीयहरूले बताएका छन् । गोलीको छर्रा लागेर यादव घाइते भएका र उनको उपचार विराटनरको न्यूरो अस्पतालमा भइरहेको स्थानीय रविन यादवले जानकारी दिए । ५-६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरूले चलाएको गोलीले यादवको निधारमा चोट लागेको हो । घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिए । ती अज्ञात व्यक्तिहरूले यादव घरबाट निस्किने बेलामा गोली चलाएको आवाज आएपछि प्रहरीले घेराहाली उनीहरूलाई भगाउन थप एक राउण्ड फायर गरेको अधिकारीले बताए । घाइते यादवको विराटनगरमा उपचार भइरहेको छ भने जिल्ला प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports