Incident Reports

महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

2018-06-21

Bagmati, Bhaktapur, Suryabinayak, Ward 9

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा आज दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए। होटलमा मंगलबार दुवै सँगै बस्न गएका श्रेष्ठको कोठाको एटेज बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे आजैबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। हिजो कोठामा गएको मान्छे आज दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना हत्या हुनसक्ने आशंकामा अध्ययन तथा अनुसन्धान शुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media

0 Comments

Related Reports