Incident Reports

घाटबाट शवसहित १९ मलामी नियन्त्रण

2018-06-21

Gandaki, Gorkha, Bhimsen, Ward 8

भीमसेन गाउँपालिका १ सपुंगेकी ७० वर्षीया विभा विश्वको दाहसंस्कारका लागि लगिएको शव र १९ जना मलामीलाई प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको छ । हत्याको शंकामा ७० वर्षकी विभा विश्वको शव र मलामी गएका १९ जनालाई घाटबाटनियन्त्रणमा लिइएको प्रहरी निरीक्षक मोहन श्रेष्ठले जानकारी दिए ।आफ्नै छोरा राजेश विश्वले हत्या गरेको स्थानीयको सुराँकीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए । उनले भने ‘शवको प्रकृति हेर्दा सहज मृत्यु पनि होइन, आत्महत्या पनि होइन भन्ने बुझिन्छ ।यो पोस्टमार्टमपछि नै थाहा हुन्छ ।’ स्थानीयका अनुसार छोराले प्राय सधैं मदिरा सेवन गरी घरमा आई आमालाई कुटपिट गर्ने गरेको खुलेको छ । प्रहरीमा आएको जानकारी अनुसार राजेशले आमालाई बिहीबार कुटपिट गरेर सख्त घाइते बनाएका थिए । ‘हामीलाई आएको जानकारी अनुसार अस्ति (बिहीबार) छोराले आमालाई कुटपिट गरेर घाइते बनाएका थिए’, जिप्रका गोरखाका डिएसपी भेषराज रिजालले भने, ‘घाइते राजेशकी आमाको शनिबार बिहान मृत्यु भएको रहेछ ।गाउँलेले पनि मरेकै भनेर जलाउन घाटमा लगेको बेला उक्त घटना छोराले घटाएको भनेर सूचना आएपछि प्रहरीले शव र मलामीलाई नियन्त्रणमा लिएको छ ।’ मलामी गएका १९ जना अहिले जिल्ला प्रहरी कार्यालयमा छन् भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखाको शवगृहमा राखिएको छ । प्रहरीका अनुसार मृतक विभाको शरीरका विभिन्न भागमा चोटपटक र निलडाम छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments