Incident Reports

No translation available.

2013-09-17

Natibabu Dhital तीन वर्षीया बालिकालाई असोज ३ गते बेलुका सागाचोक गाविसका एक ११ वर्षीय बालकले बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ । पीडित पक्षले सोही दिन प्रहरी चौकी साँगाचोकमा मौखिक उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितले बालिकालाई घरमा बसिरहेको बेला बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा किटानी जाहेरी दिएको छ । पीडितको चौतारा अस्पतालमा असोज ३ गते स्वास्थ्य परिक्षण गराएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । आरोपित बालकलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाल बिज्याइँका घटनामा संलग्न बालबालिकालाई प्रहरी हिरासतमा राख्न नपाइने प्राबधान भए तापनि कानुनी विवादमा परेका बालबालिकाहरूलाई सुरक्षित राख्ने ठाउँको अभाव रहेको जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बालकृष्ण बस्नेतले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis