Incident Reports

मदिरा सेवन गरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

2018-06-25

Bagmati, Chitawan, Bharatpur

मदिरा सेवन गरी होस्टलमा बसेका छात्राहरु कुटपिट गर्ने शिक्षकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम चितवनको रामपुरस्थित ग्राण्डी स्कुलका होस्टल इञ्र्चाजसमेत रहेका राजु लामालाई प्रहरीले छात्रामाथि कुटपिट गरेको भन्दै पक्राउ गरेको हो । मदिरा सेवन गरी होस्टलमा छिरेका लामाले छात्राहरुलाई निर्घात कुटपिट गरेको पीडित छात्राका अभिभावक नारायणप्रसाद पौडेलले जानकारी दिए । प्रहरीले पनि लामाले मदिरा सेवन गरेर छात्रामाथि कुटपिट गरेको पुष्टि भएको बताएको छ । पीडित विद्यार्थीका अभिभावकले बताएअनुसार, लामाले कक्षा १० मा अध्ययन गर्ने १७ छात्रालाई लाइन लगाएर कुटेका थिए । कुटाइका कारण विद्यार्थीहरुको हात सुन्निएको छ । घटनाबारे छलफल गर्न अभिभावक भेला बोलाइएको अभिभावक नारायण प्रसाद पौडेलले जानकारी दिए । विद्यालय सञ्चालक जेम्स लामाले विद्यार्थी कुट्ने शिक्षकमाथि कानूनी कारबाही हुने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 17
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments