Incident Reports

गोइत समूहका सैन्य कमान्डर पक्राउl

2013-09-22

Nepal

वीरगन्ज, आश्विन ७ - सशस्त्र भूमिगत समूह अखिल तराई मुक्ति मोर्चा -गोइत समूह) का सैन्य कमान्डर 'चौहान सिंह' भनिने रवीन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृतसहित २ जनाको हत्या, बम विस्फोट, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूतलाई फोन धम्कीलगायत आपराधिक गतिविधिमा संलग्न रहेका सिंहलाई विशेष सुराकीका आधारमा शनिबार साँझ नारायणी अञ्चल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका सिंह सीमावर्ती रक्सौल बजारबाट ग्रामीण नाका भएर मुलुक प्रवेश गर्ने क्रममा सुख्खा बन्दरगाहनजिक नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जनाए । आगामी संविधानसभा निर्वाचनलाई लक्षित गरी भूमिगत समूहले आक्रामक योजना बनाएपछि प्रहरीले भूमिगत समूह पक्राउ अभियान थालेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी खनालले बताए । गृह मन्त्रालयले समेत चुनावका लागि पर्सा, बारा र रौतहटलाई अति संवेदनशीलको सूचीमा राखेको छ । 'सिंहलाई नियन्त्रणमा लिन विगत १ महिनादेखि ३ जनाको टोली परिचान गरिएको थियो,' एसएसपी खनालले भने । माओवादी निकट रहेका उनी मधेस आन्दोलनको समयमा ज्वाला सिंह समूहको सैन्य कमान्डर बनेका थिए । पछिल्लो समय गोइत समूहमा प्रवेश गरेका हुन् । पर्साको महुवन ३ बस्ने फुलचन्द साह कानुलाई उनको समूहले ०६४ भदौ ७ गते वीरगन्जबाट घर फर्किने क्रममा गोली हानी हत्या गरेका थिए । समूहका राजेश सिंह भने पुर्पक्षका लागि थुनामा छन् । ०६५ असोज ३ मा वीरगन्ज १२ निवासी जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मोहन मैनाली हत्यामा समेत चौहान सिंहको संलग्नता रहेको प्रहरीले जनाएको छ । २ जनाको समूहमा आएको बन्धुकधारीले मैनालीलाई रानीघाटमा गोली हानेका थिए । दुवै हत्यामा सिंह अदालतका फरार अभियुक्त हुन् । सिंहले बाराको लिपनीविर्तास्थित प्रोबायोटेक इन्डस्टि्रजका प्रशासकीय अधिकृत सोचन यादवलाई ०६६ जेठ ६ गते ज्यान मार्ने उद्देश्यले बम प्रहार गरी घाइते बनाएका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis