Incident Reports

बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

2018-06-26

Lumbini, Kapilbastu, Krishnanagar

१६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति पुनर्स्थापना गृहको सहकार्यमा असार १२ गते उद्धार गरेको छ । उनीहरूलाई बेचबिखनका लागि भारत बोलाइएको प्रहरीको अनुमान छ । बालिकाहरूलाई दिल्लीका दिपक नाम गरेका व्यक्तिले फेसबुकमा कुराकानी गरी आफू पनि नेपाली भएको भन्दै राम्रो जागिर लगाइ दिन्छु भनी प्रलोभनमा पारेर दिल्ली बोलाएको र युवतीहरू कृष्णनगर हुँदै दिल्ली जाने क्रममा सीमा क्षेत्रबाट उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह, कृष्णनगरका संयोजक भुमीराज भट्टराईले जानकारी दिए । बालिकाद्वयलाई उद्धार गरी अनुसन्धान गर्दा अभिभावकले समेत खोजी गरिरहेको भेटिएपछि असार १२ गते नै आफन्तलाई खबर गरी जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

0 Comments