Incident Reports

११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गुल्मीमा एकजना पक्राउ

2018-06-25

Lumbini, Gulmi, Isma, Ward 2

११ वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा गुल्मीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इश्मा गाउँपालिका-२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । गत सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी गरेको भन्दै प्रहरीमा उजुरी परेकोे थियो । घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेको प्रहरी जनाएको छ । जबरजस्तिकरणीपछि आरोपित फरार रहेकोले प्रहरी बुधबार राति नै तम्घास धागीथुमबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । जबरजस्तिकरणी गर्ने कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए । जबरजस्तिकरणी भएको भनिएकी बालिकाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments