Incident Reports

बलात्कार आरोपमा दुई युवक पक्राउ

2018-06-27

Gandaki, Nawalparasi West, Madhyabindu, Ward 5

नवलपरासीमा बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका-५ बाघखोरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा बुधबार राति दुईजना पक्राउ परेका हुन् । बाघखोरकी ३५ वर्षीया एक महीलालाई बलात्कार गरेको आरोपमा मध्यविन्दू-५ बाघखोर बस्ने वर्ष ३२ का भीमबहादुर बोहोरा र प्रेम केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घटना घटे लगत्तैं पीडित महिला र छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्काल उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लिलाराज लामिछानेले घटनाबारेमा अनुसन्धान भइरहेको बताए। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Chitwan , INSEC

0 Comments