Incident Reports

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने विरुद्ध मुद्दा दायर l

2013-09-20

Sangeeta Bhat एक ७२ वर्षीया बृद्धा र ४२ वर्षीया महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने पुतलीबजार नपा- ४ का ४८ वर्षीय भाजे कामी र २७ वर्षीया मञ्जु परियार विरुद्ध प्रहरीले असोज ३ गते मुद्दा चलाएको छ । बोक्सीको आरोपमा असोज २ गते उनीहरूमाथि कुटपिट र अमानवीय व्यवहार गरिएको भनि असोज ३ गते पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि सोही दिने उनीहरूलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । उनीहरूले पीडितकै घरमै गएर तिमीहरू सासु बुहारी नै बोक्सी हौ भन्दै कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis