Incident Reports

सात वर्षीया बालिका बलात्कृत l

2013-09-20

Raju Shakya रुकुम जिल्ला घराभई खङ्लगा गाविसमा बस्दै आएकी एक ७ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षद्वारा असोज ४ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा जाहेरी दिएका छन् । मदिरा सेवन गरी आएका ५० वर्षीय व्यक्तिले असोज ३ गते राति आफ्नै झटकेली छोरीलाई बलात्कार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको मागगर्दै जाहेरी दिएकी हुन् । उनका परिवार विगत एक वर्षदेखि खंलगा बस्दै आएका थिए । घटनामा संलग्न बाबु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी चक्रबहादुर सिंहले जानकारी दिए । पीडित बालिकाको असोज ४ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । राजु शाक्य

0 Comments

Related Reports
Related Trend Analysis