Incident Reports

पिर्काले हानेर श्रीमानको हत्या

2018-06-30

Bagmati, Chitawan, Madi, Ward 3

खाना खाने समयमा सामान्य विवाद हुँदा शनिबार दिउँसो माडीमा श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार माडी नगरपालिका-३ सिमरा गाउँमा ४८ वर्षीया कुलमति महतोले खान खाने समयमा सामान्य विवाद हुँदा पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय,चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खान खाने समयमा सामान्य विवादपछी श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन्। कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Chitwan , Police website

0 Comments