Incident Reports

हतियार सहित पक्राउ

2018-06-30

Lumbini, Kapilbastu, Kapilbastu, Ward 11

कपिलबस्तु नगरपालिका-११ जहदी बस्ने ३२ वर्षीय मन्नु भन्ने मतेश्वर अहिर र सोही स्थान बस्ने १९ वर्षीय नन्द किशोर यादबलाई रिभल्बर १ थान सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । कपिलबस्तु नगरपालिका-११ जहदी स्थित तौलिहवा सडक खण्डमा तौलिहवाबाट जहदीतर्फ जाँदै गरेको लु २३ प८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मतेश्वरको साथबाट उक्त हतियार फेला पारी चालक नन्द किशोर यादबलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis