Incident Reports

डा. केसीको समर्थनमा नाङ्गो जुलुस, चिकित्सक फिर्ता, सेवा ठप्प

2018-07-03

केसीका शुभचिन्तकले केसीको माग सम्बोधनका लागि राज्यलाई दबाबस्वरुप शरीरमा साङ्लो तथा मुखमा कालोपट्टी बाँधेर नाङ्गो जुलुस प्रदर्शन गरेका हुन्। केसी अनसनरत स्थानबाट सुरु गरिएको नाङ्गो जुलुस स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानसम्म पुगेको थियो। नाङ्गो जुलुस प्रदर्शन भएपछि आन्दोलनले उग्ररुप लिनसक्ने भन्दै सम्भावित घटनाबाट बच्न प्रहरी परिचालन गरिएको छ। यस्तै केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उपचारमा खटिएको चिकित्सक टोली पनि फिर्ता भएको छ। केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकको टोली फर्किएको हो। कभर्डहलमा उपचार सम्भव छैन।टोलीले प्रशासनलाई खबर गरेपनि प्रशासनले अस्पताल लैजान दिएको छैन। साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक सेवाबाहेक अन्य सबै सेवा चिकित्सकले ठप्प पारेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Jumla

0 Comments