Incident Reports

कुटपिट गरी घर निकाला गरेको आरोपमा पति विरुद्ध उजुरी l

2013-09-22

Natibabu Dhit भोटसिपा गाविस-१ स्थित टुटेधाराकी १८ वर्षीया रिता श्रेष्ठलाई पति रामबहादुर श्रेष्ठले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिन् । पीडितलाई भदौ ३१ गते राती पतिले कुटपिट गरी घर निकाला गरेको आरोप छ । पतिको कुटपिट पछि पीडित हाल ठूलोसिरुवारी गाविस-४ झ्याडीखर्क स्थित माइली घरमा बस्दै आएको पीडितले बताइन् । पीडितको एक वर्षीय छोरालाई भने पतिले आफूबाट खोसेर घरमै राखेको समेत पीडितले बताइन् । पीडितको उजुरीपछि आरोपितलाई असोज ६ गते चौतारा बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्थित महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख असई सुनिता गुरुङले बताइन । गुरुङका अनुसार दुवैपक्ष बीच छलफल गराएपछि घटनाको किनारा लगाइने छ । आरोपित रामबहादुर श्रेष्ठले घरमा लालु श्रेष्ठ नाम गरेकी जेठ पत्नी र एक छोरी हुँदाहुँदै दुइ वर्षअघि पीडित रीतालाई भगाएर बहुविवाह गरेको रीताका बुबा क्षेत्रबहादुर श्रेष्ठले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis