Incident Reports

ससुराद्वारा बुहारी बलात्कृत

2018-07-04

ससुरा नाता पर्ने एक जना छिमेकीबाट मष्टा गाउँपालिका–२ की एक महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय ४० वर्षीय गोरख बुढालाई प्रक्राउ गरेको छ । श्रीमान नभएको मौका छोपेर मदिरा सेवन गरेका बुढाले घरको ढोका तोडफोड गरी आफूलाई बतात्कार गरेको ती महिलाको आरोप छ । पीडित महिलाका श्रीमान् मजदुरीको लागि भारतमा काम गर्न गएका छन् । घरमा कान सुन्दै नसुन्ने बुढी सासु र ६ महिनाको छोरा मात्र रहेको बताउँदै पीडित महिलाले भनिन्, ‘आइतबार राती करिब १२ बजेतिर ढोका फोडेर घरभित्र पसे र यौन सम्पर्क गर्न नदिए छोरालाई मार्ने धम्की दिदै बलात्कार गरे । ’ घटना लगतै गुहार मागेर आफू कराएपछि आरोपी भागेको उनको भनाई छ । आरोपी बुढालाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गगनसिंह भण्डारीले बताए । बुढालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको उनले बताए । बझाङमा १५ दिनको अवधिमा ३ वटा बलात्कारका घटना घटेका छन् । तल्कोट गाउँपालिकाकी सुस्तमनस्थितीकी बालिका बलात्कारको आरोप लागेका व्यक्ती हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments