Incident Reports

धनुषा प्रशासन कार्यालयमै प्रहरीले गरे सेवाग्राहीमाथि दुर्व्यवहार

2018-06-19

Madhes, Dhanusha, Janakpur

डिउटीमा खटेका एक प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा एक सेवाग्राहीलाई दुर्व्यवहार गरेका छन्। नागरिकताको प्रतिलिपि लिन मंगलबार प्रशासन कार्यालय पुगेका मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर मौवाही बस्ने अनवर अलि साहका २३ बर्षका छोरा सज्जाद अलि साह माथि प्रहरीले दुर्व्यवहार गरेका हुन्। प्रतिलिपि लिन लाइनमा रहेका सज्जाद अलिलाई प्रशासन कार्यालयको भित्रि गेटमा डिउटीमा रहेका शसस्त्र प्रहरी जवान रामेश्राम लोहार जगल्टा समातेर गालीगलौज गर्दै दुर्व्यवहार गरेका हुन्। प्रतिलिपि लिन लाइनमा लागेको र फोटोकपी गराउन बाहिर निस्केर पुन: त्यहि ठाउँमा लाइनमा माग्न जाँदा आफुलाई बिनासित्ति गालीगलौज गरी दुर्व्यवहार गरेको पिडित युवक सज्जाद अलिले दुखेसो पोखेका छन्। प्रहरी जवान लोहारले सज्जाद अलिलाई सर्टको जगल्टा समातेर एकपल्ट भित्र लागेका थिए। भित्र मानिसहरुको उपस्थिति देखेपछि त्यहाँबाट फेरी लाइनमा लगेर उभ्याएका थिए। यस विषयमा असई बिनोद कुमार झाले कार्यालयमा चारैतर्फा सर्वसाधारणको लाईन रहेको तर जनशक्ति अभाव हुँदा समस्या भएको बताए। पिडित सज्जाद अलिले आफुलाई दुर्व्यवहार गर्ने प्रहरी जवान लोहारलाई कारवाही गर्ने माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Local Newspaper - Siraha

0 Comments

Related Reports